एजेन्सी। सोमबार अर्थात् सेप्टेम्बर २ मा युरोपियन फुटबलको सरुवा बजार सकिँदैछ। स्टार खेलाडी नेयमारको सरुवा भने अझै अन्यौलमा छ। विश्व फुटबलका प्रशंसकदेखि खेलाडीहरुसम्मको चाँसोको विषय बनेका नेयमारको सरुवा भने अझै अन्यौलमा रहेको छ।
सन् २०१७ मा किर्तिमानी मूल्यमा स्पेनिस क्ल्ब बार्सिलोनाबाट लिग वान क्ल्ब पेरिस सेन्ट जर्मन ९पीएसजी० पुगेका नेयमार क्लबबाट बाहिरिने योजना बनाइरहेका छन्। उनी आफैँले पनि पीएसजीबाट बाहिरिने योजना बनाइरहेपनि दुई क्लबबीच कुरा नमिल्दा नेयमारको सरुवामा अन्योलता आइरहेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्।
अघिल्लो हप्ता गएको बिहीबार र शुक्रबारमा नेयमारबारे बार्सिलोना र पीएसजीले कुनै ठोस निर्णय गर्ने बताएपनि त्यसो हुन भने सकेन। उनका लागि यो सरुवा बजार सुखद् अन्त्य हुने भने देखिँदैन् । नयाँ सिजन शुरु भइसक्दा पनि टिमबाहिर रहेका नेयमार पीएसजी छाडेर पूर्व क्लब बार्सिलोना फर्किने योजनामा रहेका छन्।
तर, किर्तिमानी मूल्यमा लिएको पीएसजीले पनि राम्रो मूल्य पाउँदा नेयमारलाई छाड्ने बताउँदै आइरहेको छ। त्यसोत बार्सिलोनाले आफ्नो टोलीका स्टार २ जना स्टार खेलाडीसहित १ सय मिलियन भन्दा धेरै रकम दिने बताउँदै आएको छ। तर, बार्सिलोनाले उसले मागे जति दिन नसक्दा समस्या आइरहेको छ।



लाेकपाटी न्यूज

