आज सुनकाे मूल्य ताेलाकाे कति ?

लाेकपाटी न्यूज

काठमाडौं, १५ भदाै। विगत केही हप्तादेखि यता सुनकाे मूल्यमा उतारचढाव आइरहेकाे छ। सुनकाे मूल्य कहिले ह्वात्तै बढ्ने त कहिले ह्वात्तै घट्ने भइरहेकाे छ।

यही क्रममा साताको पहिलो दिन  आज (आइतबार) सुनको भाउ प्रतितोला ७२ हजारमा कारोबार भएको छ । शुक्रबार तोलामा ७२ हजार ४०० मा कारोबार भएको सुनको भाउ आइतबार घटेर ७२ हजारमा कारोबार भएकाे हो ।

यस्तै चाँदी आइतबार तोलामा ८८५ मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्