जाजरकोट, १५ भदौ । जाजरकोट भेरी नगरपालिका २ तिमिलेस्थित एक घर पहिरोले पुरिँदा दुई जनाको मृत्यु भएको छ। दलबहादुर वलीको घर पहिरोले पुरिँदा उनका श्रीमतीसहित दुई छोरीको मृत्यु भएको हो।
आइतबार बिहान आएको पहिरोले घर पुर्दा श्रीमती ३२ वर्षीया पार्वती वली, छोरीहरु नौ वर्षीया मोतीकला वली र तीन वर्षीया धनसरा वलीको घरभित्र नै पुरिएर मृत्यु भएको जाजरकोटका प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए। पार्वतीका श्रीमान् बलबहादुर घर बाहिर सुतेका कारण बाँच्न सफल भएको जाजरकोटका प्रहरी नायब उपरीक्षक श्याम खत्रीले जानकारी दिए।



लाेकपाटी न्यूज
