काठमाडौं, १२ भदौ । फिफा विश्वकप छनोटको दोस्रो चरण खेल्ने नेपाली राष्ट्रिय टोलीको घोषणा भएको छ।
बिहीबार राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक योहान कालिनले विश्वकप छनोट अन्तरगत कुवेत र चाइनिज ताइपेइसँग खेल्ने २३ सदस्यीय टोलीको घोषणा गरेका हुन्।
प्रशिक्षक कालिनले नियमित कप्तान विराज महर्जनलाई विश्वकप छनोट अन्तरगतको खेलमा पनि टिममा राखेका छैनन् भने विमल राना र एलन न्यौपाने पनि टोलीमा पर्न अटाएनन्। कप्तान महर्जन यसअघि मलेसियन क्लवसँगको मैत्रीपूर्ण खेलमा पनि टोलीमा समावेश थिएनन्।
नेपाली टोलीमा गोलकिपर किरण चेमजोङ, विकेश कुथु, विशाल श्रेष्ठ, डिफेन्डर सरोज दहाल, अजित भण्डारी, दिनेश राजवंशी, अनन्त तामाङ, देवेन्द्र तामाङ, राजिन धिमाल, सुमन अर्याल, मिफिल्डर सुनिल बल, रवि पासवाङ, अञ्जन बिष्ट, सुजल श्रेष्ठ, हेमन गुरुङ, विक्रम लामा, तेज तामाङ, सन्तोष तामाङ, विशाल राई, रोहित चन्द, फरवार्डमा विमल घर्ती मगर, अभिषेक रिजाल, नवयुग श्रेष्ठ रहेका छन्। छनोटको समूह बि मा रहेको नेपालले सेप्टेम्बर ५ मा कुवेतसँग र सेप्टेम्बर १० मा ताइपेइसँग खेल्नेछ।



लाेकपाटी न्यूज

