काठमाडौं, १२ भदाै । सुनकाे मूल्यमा वृद्धि हुने क्रम जारी छ। नेपाली बजारमा आज (बिहीबार) पनि सुनको मूल्य बढेको छ ।
बुधबार तोलामा ७२ हजार ६०० मा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार बढेर ७३ हजार ४०० मा कारोबार भएको हो ।
यस्तै तेजावी सुन तोलामा ७३ हजार १०० मा कारोबार भएका नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बिहीबार चाँदी भने रु १५ ले बढेर ८९५ मा कारोबार भएको छ।


लाेकपाटी न्यूज