आज फेरि सुनको भाउ बढ्यो, तोलाको कति पुग्यो ?

gold pic
लाेकपाटी न्यूज

काठमाडौं, ८ भदौ । सुनको भाउ बढेको बढ्यै छ। सुनको भाउ बढेर प्रत्येक दिन जसो नयाँ रेकर्ड राख्न थालेको छ।

साताको अन्तिम दिन शुक्रबार ७१ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुन साताको पहिलो दिन आइतबार तोलामा १२ सय रुपैयाँले बढेर ७२ हजार पाँच सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै तेजावी सुनको भाउ ७२ हजार २ सयमा कारोबार भईरहेको महासंघले जनाएको छ। चाँदीको भाउ तोलामा २० रुपैयाँले बढेर ८ सय ५० रुपैयाँ पुगेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्