अशोक–जुनीको स्वरमा ‘मयुरझैँ राम्री’

लाेकपाटी न्यूज

काठमाडौं, ४ भदाै। चर्चित गायक अशोक मुकारुङ र गायिका जुनी खालिङ राईको स्वरमा ‘मयुरझैँ राम्री चिटिक्क पकटुकी कसेर, चोरेर लग्यौ यी आँखा मुसुक्क हाँसेर’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

जीवन खालिङ राईको शब्द र कृष्णभक्त राईको सङ्गीत तथा संयोजन रहेको भिडियो जीवन मुकारुङले निर्देशन गरेका हुन् । भिडियोको छायाङ्कन र सम्पादन पनि मुकारुङकै रहेको छ ।

भिडियोको निर्माता विजय मगर रहेका छन् । भिडियो गायिका जुनीको अफिसियल युटुबमार्फत् सार्वजनिक भएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्