कतारमा सांघातिक हमला, एक नेपालीको मृत्यु

pic quatar
लाेकपाटी न्यूज

काठमाडौं, ३० साउन। कतारमा नेपालीहरुमाथि सांघातिक आक्रमण हुँदा एक नेपालीको मृत्यु भएको छ। मंगलबार राति कतारको राजधानी दोहास्थित जौदा पार्कमा भएको सांघातिक आक्रमणमा अरु पाँच नेपाली घाइते भएको कतारस्थित नेपाली राजदूतावासले जनाएको छ।

दोहास्थित नेपाली राजदूतावासले बुधबार विज्ञप्ति जारी गर्दै सांघातिक आक्रमणमा परी सुनसरीका तबरेज अन्सारीको मृत्यु भएको जनाएको छ।मृतकको शव आवश्यक अनुसन्धान तथा कानूनी प्रक्रियाका लागि हमाद अस्पतालमको शव गृहमा राखिएको छ।

घाइतेमध्ये उमर अन्सारीको सोही अस्पतालको सघन उपचार कक्षमा उपचार भइरहेको र अन्य घाइतेको अवस्था सामान्य रहेको दूतावासले जनाएको छ। मारिने तथा घाइते हुने सबै सुनसरी जिल्लाका रहेका छन्।

मृतक तथा घाइतेहरुको विस्तृत विवरण उनीहरुका परिवारलाई जानकारी गराइएको र यस घटनाबारे कतार प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको जनाइएको छ।योसँगै कतारस्थित नेपाली दूतावासले नेपालीहरुलाई भीडभाड रहेको स्थानमा अत्यावश्वक कामबाहेक नजान र सुरक्षा सतर्कता अपनाउने समेत आह्वान गरेको छ।EMBASSY-OF-QATAR_Press

 

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्