जापानमा अत्यधिक गर्मी, २३ जनाको मृत्यु

japan Tokiyo
लाेकपाटी न्यूज

टोकियो, ३० साउन। जापानमा अत्यधिक गर्मीका कारण २३ जनाको मृत्यु भएको छ। १३ हजार जति बिरामी भएको अग्नि तथा प्रकोप व्यवस्थापन कार्यालयले जनाएको छ। यो संख्या ५ अगस्टयताको हो।

प्रकोप व्यवस्थापन कार्यालयका अनुसार प्रचण्ड गर्मीका कारण १३ हजार जना बिरामी भएका छन्।अस्पतालमा गर्मीजन्य रोगको उपचार गराउन भीड लागेको छ। अपस्ताल पुगेकाहरुमध्ये चार सय जना भर्ना भएका छन्।

गर्मीले सबैभन्दा बढी राजधानी टोकियोवासी रहेको अधिकारीहरुले जनाएका छन्। टोकियोमा मात्रै १४ सय ६५ जना अस्पताल पुगेका थिए भने सैतामाका ९ सय ७७ जना बिरामी थिए।

अस्पतालमा उपचार गराउन पुगेका बिरामीमध्ये ५५ प्रतिशतभन्दा बढी ६५ वर्षभन्दा बढी उमेरका रहेको अस्पतालले जनाएको छ। जापानी मौसम विज्ञान विभागका अनुसार यो वर्षकै सबैभन्दा धेरै गर्मी बुधबार महसुस गरिएको छ।यो वर्ष धेरै गर्मी भएको स्थानमा तापक्रम ४०.३ सेल्सिय पुगेको छ ।