स्मिताकाे स्वरमा भरतपुरकाे गीत सार्वजनिक

लाेकपाटी न्यूज

काठमाडौं । ‘पर्यटन वर्ष–२०२०’ नजिकिँदै जाँदा भरतपुर महानगरपालिकाले नगरको पर्यटनमा सहयोग पुर्याउने उद्देश्यले म्युजिक भिडियो सार्वजनिक गरेको छ ।

भरतपुर महानगरपालिकाले तयार पारेको उक्त गीतमा स्मिता दाहाल, सत्यराज आचार्य, स्वरुपराज आचार्य, विन्दु परियार र ध्रुव विस्कोले स्वर दिएका छन् । गीतकार दिनेश थपलियाको शब्द र दीपक शर्माले संगीत दिएको उक्त गीत गजब टिभी यूट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

सार्वजनिक म्युजिक भिडियोमा भरतपुर महानगरको सहरी क्षेत्रसँगै प्राकृतिक पर्यटकीय, साँस्कृतिक तथा ऐतिहासिक स्थलहरुको दृश्यहरु प्रस्तुत गरिएको छ । उक्त भिडियोले नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

उक्त गीतको निर्देशन सरोज ओलीले गरेका छन् । अमन मानन्धरले सम्पादन, रेनिश फागोको कलरिङ रहेको उक्त भिडियोका लागि सुदीप बराल सिनेमाटोग्राफर गरेका छन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्