– दिनेश लिम्वु
हरिसिंह राजा हिन्दू धर्मका अनुयायी भएकाले उसले ब्रह्मा, विष्णुको औलौकिक शक्तिमा विश्वास गरेका कारण सामरिक शक्तिमा कहिल्यै भर परेनन् भने बहुसंख्यक मुस्लिम जनताहरू पनि अल्लाहको अलौकिक शक्तिमा विश्वास गरिरहे। जब ब्रिटिन साम्राज्यवादले भौतिक हमला गरी सारा संसार कब्जा गरे, तब ईश्वर रमिता मात्र हेरिरहे।
लाखौंपटक मठ मन्दिर, गिर्जाघर र चर्चहरूमा व्रह्मा, विष्णु, अल्लाहा र जिजसलाई अनुनयविनय र प्रार्थना गरे। तर, पनि अहँ कहिँकतै प्रकट भएर बचाउन सकेनन्। हाम्रै नेपालमा पनि हिन्दूहरूले विष्णुको अवतार राजा बस्ने दरबारको धुरी मानिसले नाघ्दा अपवित्र हुन्छ भनेर धादिङका वैज्ञानिकले बनाएको जहाज उडाउन दिएनन् र उनलाई लखेटे।
जापानीहरू पनि ईश्वरीय शक्तिमा खुवै विश्वास गर्थे। १९४५ मा अमेरिकाको आणविक बमले हिरोसिमा शहर दिउँसै अध्यारो भयो, ढुंगामाटो, फलाम पग्लिन थाल्यो, नदीनाला उम्लिन थाले, जमिन फाट्न थाल्यो, लाखांै मानिसहरू जले, बाँचेका पनि काम नलाग्ने भए, अनि हात उठाएर आत्म समर्पण गरे। अनि बल्ल उसले भौतिकवाद र मानिसलाई बुझ्यो, विज्ञान र प्रविधिमा उधुम विकास गरेर विश्वकै सम्पन देशमा गनियो।
समय सापेक्ष चल्न सक्ने देश र समाज नै टिक्ने हो, नसक्नेहरू काश्मीर जसरी नै बिलाएर जान्छन्। अब परिस्थिति फेरिएको छ, मानिसले विज्ञानलाई पनि पछि पारिसक्यो। पृथ्वीलाई एकैपटकमा २५ औंपटक ध्वस्त बनाउन सक्ने आणविक हतियार तयारी अवस्थामा छ। प्रतिव्यक्ति १५ हजार राउण्ड गोली पुग्ने गरी हतियार उत्पादन भइरहेको छ। विकसित राष्ट्रले आणबिक बमबाट जोगिने प्रविधि, उपचार विधि, र ज्ञानहरूको रिसर्च गरिरहेका छन्।
हामी नेपालीहरू अझै पनि धर्म, जाति, राजा, र जमिनमा झगडा गरिरहेका छौं। यदि भारत र पाकिस्तानको आणविक युद्व भयो भने त्यसको खतरनाक असर नेपाललाई पर्नेछ, किन भने नेपालको मनसुनी वायु पश्चिम भारतबाट आउने हो, आणविक विकिरण र रेडियोधर्मी जस्ता प्राणघातक रसायनहरू हावा र वायुमण्डमा घोलिएर आउँछन्, यसको उपचार विधि नेपालीका लागि असम्भवप्रायः हुन्छ।
हामी धेरै ढिलो भइसक्यौं। तर, अझै समय छ। सरकार र सारा जनता लाग्ने हो भने विज्ञान, प्रविधि र प्रमाणु हतियारमा धेरै गर्न सकिन्छ। नेपालमा युरोनियम जस्ता बहुमूल्य परमाणुहरू खेर गइरहेका छन्, नत्र अब हुने विश्व ध्रुवीकरणको युद्वमा नेपाललाई भारत र चीनले काश्मीर लुच्छाचुँडी गरेर लिएजस्तै खोस्नेछन्। हाम्रा पूर्खाले लडेको वीरगाथा गुनगुनाएर अब नेपाल जोगिने छैन। (फेसबुक वालबाट)



लाेकपाटी न्यूज

