स्मिता दाहालको ‘मायालु तिमी कहाँ छौ’ युटुवको ट्रेन्डिङमा (भिडियो)

लाेकपाटी न्यूज

काठमाडौं । गायिका स्मिता दाहालको अर्को नयाँ गीतकाे भिडियाे सार्वजनिक भएकाे छ । शुभ मिडिया हाउसको प्रस्तुतिमा दाहाल तथा राजनराज शिवाकोटीको स्वर रहेको ‘मायालु तिमी कहाँ छौ’ गीतकाे भिडियो आज डिजिटल रुपमा सार्वजनिक गरिएको हो ।

अहिले यो गीत युटुवको ट्रेडिङ नम्बर तीनमा रहन सफल भएको छ । आज अपराह्न गज्जबको टेलिभजनको युट्युब च्यानलमार्फत गीतको औपचारिक रुपमा सार्वजनिक गरिएको छ । दाहालको स्वरमा रहेको गीतको भिडियोमा सरोज अधिकारी र आश्मा विश्वकर्माको अभिनय देख्न सकिन्छ । गीतमा दाहाल स्वयंले समेत नृत्य गर्दै अभिनय गरेकी छन् ।

उत्कृष्ट छायांकन रहेको गीतलाई दिनेश थपलियाले रचना गरेका हुन् । दाहाल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की नातिनी हुन् । उनले यसअघि एक दर्जन बढी गीतमा स्वर दिइसकेकी छन् ।

भिडियाे हेर्नुस्ः

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्