आज सुनको मूल्य इतिहासकै उच्च, कति पुग्यो तोलाको ?

gold pic
लाेकपाटी न्यूज

काठमाडौं, २० साउन। नेपाली बजारमा सुनको मूल्य उच्च मूल्यमा कारोवार भएको छ। सुनको मूल्यले रेकर्ड राख्ने क्रम जारी छ। सोमबार पनि सुन इतिहासकै उच्च मूल्यमा कारोबार भइरहेको छ।

नेपाल सुन चाँदी व्यवसायी संघले सोमबारका लागि छापावाल सुनको प्रतितोला मूल्य ६७ हजार ८ सय रुपैयाँ कायम गरेको छ। आइबतार पनि सुनको मूल्यले नयाँ रेकर्ड राखेर ६६ हजार ३ सयमा कारोबार भएको थियो।सोमबार तेजाबी सुनको प्रतितोला मूल्य नै ६७ हजार ५ हजार पुगेको छ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार सोमबारका लागि तोकिएको सुनको मूल्य नेपाली सुन बजारको सबै भन्दा उच्च बिन्दु हो। गत शुक्रबार पनि सुनको भाउ ६५ हजार ८ सय पुगेको थियो। अन्तर्राष्ट्रिय बजारमा सुनको भाउमा आएको बढोत्तरीको असर नेपाली बजारमा देखिएको नेपाल सुनचाँदी व्यवसायी संघका महासचिव धर्मसुन्दर बज्राचार्यले बताए।

अमेरिका इरानबीचको बढ्दो तनाव तथा अमेरिका चीन व्ययापार युद्धको असर अन्तर्राष्ट्रिय सेयर बजारमा परेको र सुनको मूल्य पनि प्रभावित भएको बज्राचार्य बताउँछन्। अमेरिकी केन्द्रीय बैंकले ०.३ प्रतिशतले ब्याजदर घटाए पछिको असर सुनको मूल्यमा परेको हो। विश्व राजनीतिमा देखिएको असमझदारी कायम रहेसम्म सुनको बजार प्रभावित भईरहन सक्ने छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्