बागलुङ, २० साउन। बागलुङको तमानखोला गाउँपालिका ४ लाम्मेला, सन्टरमा पहिरोले पाँच घर पुरिँदा तीन जनाको मृत्यु भएको छ।
राति करिब १ बजे आएको पहिरोमा परी स्थानीय चन्द्रकुमारी श्रीपाली, प्रविण श्रीपाली र असारी श्रीपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका नायब उपरीक्षक झविन्द्रप्रसाद भट्टराईले बताए।
उनीहरुको शव निकालिएको छ। डेढ सय मिटर माथिबाट खसेको पहिरोमा परी ६ जना घाइते छन्।



लाेकपाटी न्यूज
