एजेन्सी, १९ साउन । अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीलाई तीन महिनाका लागि अन्तर्राष्ट्रिय फुटबल खेल्न प्रतिबन्ध लगाइएको छ। कोपा अमेरिकामा अर्जेन्टिना पराजित भएपछि उनले प्रतियोगिता नै ‘भ्रष्ट’ भन्दै टिप्पणी गरेका थिए।
फलस्वरुप उनी तीन महिनाको प्रतिबन्धमा परेका हुन्। दक्षिण अमेरिकी फुटबल संघले उनीमाथि ५० हजार डलर जरिवाना पनि लगाइएको छ।
तीन महिनाको प्रतिबन्धमा परेका मेस्सीले आफूमाथिको सजायविरुद्ध आगामी एक साताभित्र अपिल भने गर्न सक्ने छन्।



लाेकपाटी न्यूज

