सुनको भाउ अहिलेसम्मकै महँगो

gold pic
लाेकपाटी न्यूज

काठमाण्डौं, १९ साउन। सुनको भाउ आइतबार अहिलेसम्मकै महँगो अर्थात तोलाको ६६ हजार ३ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सुनको भाउ लगातार बढ्दा कारोबार ठप्प जस्तै भएको व्यवसायीले बताएका छन्।

गएको शुक्रबार एकैदिन तोलामा ८ सय रुपैयाँ बढेर अहिलेसम्मकै महँगो तोलाको ६५ हजार ८ सय रुपैयाँ निर्धारण गरिएको सुनको भाउले आइतबार नयाँ कीर्तिमान बनाएको हो। सुन तोलामा ५ सय रुपैयाँ बढेर अहिलेसम्मकै महँगो तोलाको ६६ हजार ३ सय रुपैयाँ पुगेको हो।

अन्तर्राष्ट्रिय बजारमा सुनमा लगानीकर्ताको आकर्षण बढेपछि भाउ महँगो भएको महासंघले जनाएको छ। त्यसकै असर नेपालमा पनि परेको हो। सुनको भाउ महँगो भएपछि कारोबार ठप्प जस्तै भएको सुनचाँदी व्यवसायीले बताएका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्