बस्ने त एकै बासै हो खाने एक गासै हो,
किन गर्छ रहर मानिस यो दरवारको रु
मीठो खाना एक गास छैन पेट भर,
किन गर्छ रहर मानिस ब्यर्थको दरवार।
सुन्दर मानी सजाउनु पर्छ झुपडी दरवार,
किन गर्छ रहर मानिस ब्यर्थको दरवार।
ज्ञान किनौं बुद्धि किनौं झुपडीमा बसेर
किन गर्छ ब्यर्थै मानिस दरवारको रहर।
गर्छ मान्छे कल्पना सगरमाथा झैं उच,
कल्पनाको सागरमा हुँदैन कोही निच।
तगारो किन छ ठूलै मान्छे बीच हजूर
किन गर्छ ब्यर्थैमा रहर मान्छे दरवार।
–गणेशा कार्की
नेपालगन्ज–४, बाँके।



लाेकपाटी न्यूज

