फिफा वर्ष खेलाडीको मनोनयन सार्वजनिक, को-को परे ?(नामसहित)

fifa
लाेकपाटी न्यूज

एजेन्सी। विश्व फुटबल महासंघ (फिफा) ले बुधबार फिफा वर्ष पुरुष खेलाडीको मनोनयन सार्वजनिक गरेको छ। फिफाले बुधबार सार्वजनिक गरेको शीर्ष १० खेलाडीको सूचीमा पोर्चुगलका स्टार क्रिस्टियानो रोनाल्डो र अर्जे्न्टिनी स्टार लियोनल मेस्सी अटाए पनि ब्राजिलियन स्थान नेइमार अटाउन सकेनन्।

फिफाले पुरुष खेलाडीको मनोनयनमा रोनाल्डो र मेस्सीसंँगै डी जोङ फ्रेनकी, म्याथिज डी लिट, इडेन हजार्ड, ह्यारी केन, साडियो माने, केलियन एम्बाप्पे, मोहमद सलाह र भर्जिल डिजिकलाई राखेको छ। गत सिजन बालेन डी’ओर विजेता लुका मोड्रिचलाई पनि यसपटक मनोनयनमा राखिएको छैन।

यसैगरी फिफाले वर्ष प्रशिक्षक अवार्डको मनोनयनमा १० प्रशिक्षकको मनोनयन सार्वजनिक गरेको छ। मनोनयनमा म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डीआ्ला र लिभरपुलका जोर्गेन क्लोपसहित टोट्टनहामका मौरीसियो पोचेटिनो, डज्मेल बेल्माडी, डिडियर डेस्च्याम्प, मार्सेलो गल्लार्डो, रिकार्डो गारेसा, फर्नान्डो सान्तोस र टिटे परेका छन्।

फिफाले महिला खेलाडीको मनोनयनमा मिलेना बेर्टो्लििनी, जिल एल्लिस, पिटर गेर्हाडसन, फुतोसी इकेडा, एन्टोनीया, जोई मोन्टेमुरो, फिल नेभिल, पेड्रोस, पाउल रिली र सरिना बिग्म्यानलाई राखेको छ।

फिफाले वर्ष खेलाडी र प्रशिक्षकको अवार्डका लागि फिफामा आवद्ध देशका राष्ट्रिय प्रशिक्षक, कप्तान, खेल पत्रकार र विश्वभरका समर्थकबाट मत लिने गर्दछ। मतदान जुलाई ३१ देखि अगष्ट १९ तारिखसम्म हुनेछ। फिफाले सन् २०१९ सेप्टेम्बर २३ तारिख मिलानमा विशेष समारोहबीच यस अवार्ड प्रदान गर्नेछ।