बहुमूल्य पत्थरले पुरिएर १४ को मृत्यु

pic 4
लाेकपाटी न्यूज

यङ्गुन, १२ साउन। म्यानमारमा बहुमूल्य पत्थर ‘जेड’ खानीमा गएको पहिरोमा परी १४ जनाको मृत्यु भएको छ। भारी वर्षापछि म्यानमारको कचिन राज्यको फकान्त क्षेत्रमा रहेको पत्थर खानीमा एकाएक पहिरो जाँदा १४ जनाको मृत्यु भएको अधिकारीहरुले बताएका छन्।

ज्यान जानेमा एकजना खानीको सुरक्षार्थ खटिएका प्रहरीसमेत रहेको जनाइएको छ। पहिरोमा अरु ४ जना बेपत्ता भएका छन्। २ प्रहरीसहित बेपत्ता भएकाहरुलाई पनि जीवितै उद्दार गर्न सकिने सम्भावना कम भएको अधिकारीहरुले बताएका छन्।

म्यानमारमा यस्ता खानीको सुरक्षा अवस्थालाई लिएर चिन्ता प्रकट हुने गरेका छन्। असुरक्षित खानीहरुलाई सुधार गर्न सरकारले बारम्बार कदम चालेपनि यो सफल हुन सकेको छैन।