खेलका क्रममा घाईते भएका रुसी बक्सर म्याक्सीमको निधन

3
लाेकपाटी न्यूज

काठमाडौं, ९ साउन। रुसी बक्सर म्याक्सीमको निधन भएको छ। बक्सिङ खेलका क्रममा घाईते भएका रुसी बक्सर म्याक्सीम दादासेभको निधन भएको हो।

अमेरिकाको मेरिल्याण्डमा आइबीएफ लाईट वेल्टरवेटको फाइटका क्रममा घाईते भएका दादासेभको उपचारकै क्रममा निधन भएको हो। क्यारेबिएन राष्ट्र पुएर्टो रिकोका बक्सर सुब्रिएल माटियाससँगको फाईटमा २८ वर्षीया दादासेभ घाईते भएका थिए।

अन्तिम राउण्डको फाईट चलिरहँदा घाईते भएपछि दादासेभलाई अस्पताल भर्ना गरिएको थियो। मस्तिष्कमा रक्तश्राव भएपछि आपतकालिन शल्यक्रिया गरिए पनि चिकित्सकहरुले उनको मुटुको चाल बन्द भएको घोषणा गरे।

रुसी बक्सिङ महासंघले घटनाबारे छानविन थालेको बताएको छ। दादासेभको उपचारमा आवश्यक प्रक्रिया पालना नभएको रुसको आशंका छ। दादासेभले यसअघि करियरका सबै १३ वटा फाईट जितेका थिए।