नेपाल राष्ट्र बैंकद्वारा मौद्रिक नीति सार्वजनिक

5
लाेकपाटी न्यूज

काठमाडौं, ८ साउन । नेपाल राष्ट्र बैंकले बुधबार आथिर्क वर्ष २०७६/७७को मौद्रिक नीति सार्वजनिक गरेको छ।राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले मौद्रिक नीति सार्वजनिक गरेका हुन्।

उनले ब्याजदर करिडोर थप कडाइ गरिने नीतिमा उल्लेख गरेका छन्। बजेटले भनेकै अनुसार आर्थिक वृद्धिदर हात पार्न मौद्रिक व्यवस्था गरिने नीतिमा उल्लेख छ।

विशेष पुनर्कजा यथावत राखिएको छ। ब्याजदर पनि यथावत राखिएको छ। विदेशबाट कर्जा ल्याउन सहज व्यवस्थाहरु गरिएका छन्। सुनलाई निक्षेपको रुपमा जम्मा गर्ने नितिगत व्यवस्था गरिने मौद्रिक नीतिमा उल्लेख छ।

प्राथमिकता प्राप्त कर्जाको सीमा यथावत राखिएको छ। लक्षित क्षेत्रमा गर्नुपर्ने लगानीको सीमा पनि पुरानै कामय राखिएको छ।