परिवारसँगै मेस्सीको ‘हट’ तस्बिर सार्वजनिक

5
लाेकपाटी न्यूज

एजेन्सी। बार्सिलोनाका सुपर स्टार लियोनल मेस्सीले समुन्द्रमा श्रीमती र छोराहरुसँग रमाई रहेको ‘हट’ तस्बिर सार्वजनिक गरेका छन्।

क्लबका सहकर्मी नयाँ सिजनको तयारी खेलमा जुटिरहेको बेला प्रिसिजन अघि छुट्टी मनाउन बसेका मेस्सीले श्रीमती र छोराहरुसँग रमाई रहेका छन्। मेस्सी प्रिसिजनको तयारीका लागि टोलीमा कहिले आबद्ध हुन्छन् भन्ने टुंगो लागेको छैन।

उनले बार्सिलोनाको प्रिसिजनका केही अभ्यास खेल गुमाउने बताईएको छ। कोपा अमेरिका कपको सेमिफाइनलबाट अर्जेन्टिना बाहिरिएपछि मेस्सी निकै तनावमा थिए। विस्तारै सम्हालिएका मेस्सीले अहिले अधिकांश समय परिवारलाई दिईरहेका छन्।

बर्सिलोनाले जुलाई २३ तारिखदेखि प्रिसिजनको अभ्यास खेल सुरु गर्दैछ। बार्सिलोनाले जापान भ्रमणबाट प्रिसिजनको तयारी गर्न लागेको हो। जापानमा बार्सिलोनाले पहिलो खेल इङ्लिस क्लब चेल्सीसँग खेल्दैछ।
प्रिसिजनअघि पाँच खेल खेल्न लागेको बार्सिलोनाले जुलाई २७ मा जापानकै भिसाल कोबे क्लबसँग खेल्नेछ।

मेस्सीले प्रिसिजनका दुई वा तीन खेल मात्र खेल्ने बताईएको छ। उनी अगस्ट ४ तारिख आर्सनलविरुद्धको खेलमा उपस्थित हुने बार्सिलोनाले जनाएको छ। बार्सिलोनाले अगस्ट ७ र १० मा नापोलीसँग पनि दुई खेल खेल्दैछ। स्पेनिस ला लिगामा भने साविक विजेता बार्सिलोनाले अगस्ट १६ तारिखमा एथ्लेटिक बिल्बाओसँग खेल्दै सन् २०१९/२०२० सिजनको सुरुवात गर्नेछ।

23