विराटनगर सवारी दुर्घटना : दुईको मृत्यु, ८ गम्भीर घाईते

accident
लाेकपाटी न्यूज

विराटनगर, २ साउन । पूर्व–पश्चिम राजमार्गअन्तर्गत मोरङको पथरी शनिश्चरे नगरपालिका १० मा बिहीबार बस र तरकारी बोकेको भ्यान ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।

१८ जना घाइते भएका छन्। मृतकमध्ये कानेपोखरी गाउँपालिका ३ का टिकाराम थापाकोमात्र सनाखत भएको छ । उनको उपचारका क्रममा विराटनगर नोबेल मेडिकल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

घाइते १८ मध्ये ८ जनाको अवस्था गम्भीर छ। कानेपोखरीबाट पूर्वतर्फ जाँदै गरेको को१ख ४८४२ नम्बरको यात्रीवहाक बस र विपरीत दिशाबाट आएको मे१त ५३९१ नम्बरको भ्यान आपसमा जुधेको प्रहरीले जनाएको छ ।

तीन जनालाई च्यापिएको अवस्थामा उद्धार गरिएको थियो। गम्भीर घाइतेहरुको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको छ। अरुको स्थानीय अस्पतालमा उपचार भइरहेको पथरीका डीएपी लक्ष्मीराज अधिकारीले जानकारी दिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्