कति पुग्यो सुनचाँदीको भाउ ?

Gold
लाेकपाटी न्यूज

काठमाडौं, २ साउन । बिहीबार नेपाली बजारमा छापावाल सुन तोलामा ६५ हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

बुधबार छापावाल सुन तोलामा ६४ हजार ५०० मा कारोबार भएको थियो। यस्तै बिहीबार तेजावी सुन तोलामा ६४ हजार ७०० मा कारोबार भएको महासंघले जनाएको छ।

यस्तै चाँदी रु २० बढेर ७६५ पुगेको छ। बुधबार चाँदी तोलामा रु ७४५ मा कारोबार भएको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्