काठमाडौं, २५ असार । बुधबार नेपाली बजारमा सुनको मूल्य रु २०० ले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा ६४ हजार ५०० मा कारोबार भएको सुनको भाउ बुधबार घटेर ६४ हजार ३०० मा कारोबार भएको हो।
यस्तै तेजावी सुन बुधबार ६४ हजारमा कारोबार भएको छ। चाँदी भने अघिल्लो दिनकै मूल्य रु ७२० मा कारोबार भएको महासंघले जनाएको छ।



लाेकपाटी न्यूज