कारवाहीमा परे नेयमार

niyamar
लाेकपाटी न्यूज

बीबीसी । पेरिस सेन्ट जर्मेन (पीएसजी)ले स्ट्राइकर नेयमारलाई कारवाही गर्ने भएको छ। सोमबारदेखि पीएसजीले प्रि-सिजनको अभ्यास थालेको थियो।

तर, चर्चित खेलाडी नेयमार भने उपस्थित हुन सकेनन्। प्रि-सिजनको पहिलो दिन नै अभ्यासमा उपस्थित नभएपछि क्लब नेयमारसँग रुष्ट बनेको छ।अभ्यासमा नआउने बारे नेयमारले क्लबमा कुनै जानकारी नगराएको भन्दै पीएसजी कारवाही गर्ने तयारीमा पुगेको बीबीसीले उल्लेख गरेको छ।

पिएसजीका खेल निर्देशक लियोनार्दोले एक अन्तर्वार्तामा नेयमारले पिएसजी छोड्न सक्ने बताएका छन्।यद्यपि त्यसका लागि सबैलाई स्वीकार्य हुने प्रस्ताव चाहिने उनको भनाइ छ।नेयमार कोपा अमेरिका फुटबल सुरु हुनुभन्दा केही दिनअघि घाइते भएपछि ब्राजिलको टिममा पनि परेनन्।

कहिले घाइते त कहिले विभिन्न लफडामा पर्ने गरेका नेयमारको पछिल्लो गतिविधिबाट क्लब रुष्ट हुँदै आएको छ।
पिएसजीले पछिल्लो वक्तव्य जारी गरेर भनेको छ, ‘नेयमार क्लबको अनुमति बिना उपस्थित भएनन्। यस्तो अवस्थाप्रति खेद व्यक्त गर्दछ।’

दुई वर्षअघि नेयमार बार्सिलोनाबाट विश्व कीर्तिमानी मूल्यमा पिएसजीमा गएका थिए । नेयमारले पीएसजीका लागि ३७ खेलमा ३४ गोल गरेका छन् । तर हाल नेयमार पुनः बार्सिलोना फर्किन चाहेका समाचारहरु प्रकाशमा आइरहेका छन् ।