काठमाडौं, २२ असार । अर्जेन्टिना फुटबलका कप्तान लियोनल मेस्सीले कोपा अमेरिकालाई भ्रष्टाचारको संज्ञा दिएका छन्।उनले ब्राजिललाई जिताउने पूर्व योजना अनुसार गतिविधि भइरहेको सांकेतिक आरोप लगाएका छन्।
चिलीसँगको खेलमा रातो कार्ड पाएर मैदान बाहिर पुगेका मेस्सीले तेस्रो स्थानको मेडल लिनसमेत अस्वीकार गरे।
सञ्चारकर्मीसँग कुरा गर्दै विश्वविख्यात फुटबलर मेस्सीले कोपा अमेरिकाको फाइनलमा रेफ्री र भिएआरले पेरुलाई स्वच्छ प्रतिस्पर्धा गर्न दिनेमा समेत आशंका जनाए।
उनले ब्राजिललाई जिताउन रेफ्री र भिआएर नै लागेको सांकेतिक आरोप लगाए।मेस्सीले भने, आशा गरौं रेफ्रीहरु र भिआएरले प्रभावित पार्ने छैनन् र पेरुलाई प्रतिस्पर्धा गर्न दिनेछन्। तर मलाई लाग्छ त्यो नहुन सक्छ।’कोपा अमेरिकाको फाइनलमा आइतबार ब्राजिल र पेरु भिड्दैछन्।
मेस्सीले अेर्जेन्टिनाले यो प्रतियोगितामा धेरै कष्ट भोग्नुपरेको भन्दै यस्तो भ्रष्टाचारमा भाग लिन आवश्यक नरहेको समेत बताए। ‘हामीले यस्तो भ्रष्टाचारमा सहभागी हुन आवश्यक छैन, हामीले यो प्रतियोगितामा धेरै दुःख पायौं,’ उनले भनेका छन्।
अर्जेन्टिनाको जर्सीमा सधैं अभागी रहँदै आएका मेस्सीले कोपा अमेरिकाको यो संस्करणमा अर्जेन्टिनामाथि भेदभावपूर्ण व्यवहार भएको बताए। त्यसैले यो प्रतियोगिताको काश्य पदकसमेत लिन अस्वीकार गरेका छन्।अर्जेन्टिनी कप्तान मेस्सी शनिबारको रातो कार्डपछि निकै आक्रोशित र निराश देखिन्थे। उनले आफूहरुमाथि भेदभाव भएको र त्यसमा रेफ्री तथा भिएआर प्रयोग भएको आरोप पटक पटक लगाए।



लाेकपाटी न्यूज

