कारको ठक्करबाट स्कुटर चालक मगरको मृत्यु, २ घाइते

butwal pic
लाेकपाटी न्यूज

बुटवल, १९ असार । पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवलको पाखापानीमा कारको ठक्करबाट बिहीबार बिहान एक जनाको मृत्यु भएको छ। लु १ च १५८८ नम्बरको कार र लु ३६ प ४३१४ नम्बरको स्कुटर जुधेका थिए।

दुर्घटनामा परी गम्भीर घाइते भएका स्कुटर चालक सैनामैना नगरपालिका ४ का अन्दाजी २५ वर्षीय अजित सलामी मगरको युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचारका क्रममा बिहान ५ बजे मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ।

स्कुटरमा सवार सैनामैना ४ कै २२ वर्षीय सन्जय पटेल र २६ वर्षीय विक्रम थारु घाइते भएका छन्। उनीहरुको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ।ठक्कर दिने कार र कार चालकलाई इलाका प्रहरी कार्यालय बुटवलले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्