काठमाडौं, १९ असार । स्विडेनलाई हराउँदै नेदरल्यान्डस् महिला विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ।फ्रान्सको लियोंमा बुधबार राती भएको सेमिफाइनलमा नेदरल्याण्ड्सले स्विडेनलाई १–० ले हरायो।
खेलमा नेदरल्याण्ड्सलाई विजयी गराउन अतिरिक्त समयको नवौं मिनेटमा ज्याकी ग्रोएनले निर्णायक गोल गरिन्।
यसअघि निर्धा्रित ९० मिनेटको समयमा दुबै तर्फबाट गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा पुगेको थियो।
जितसँगै नेदरल्याण्ड्सले साविक विजेता अमेरिका विरुद्धको फाइनल भिडन्त तय गरेको छ। नेदरल्याण्ड्स पहिलो पटक महिला विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको हो।



लाेकपाटी न्यूज

