काठमाडौं, १७ असार । मलेसियामा मंगलबारदेखि सुरु भएको एसीसी यु–१९ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताअन्तर्गत मंगलबारको खेलमा सिंगापुर विजयी भएको छ।
सिंगापुरले चीनलाई ८ विकेटले पराजित गरेको हो। उद्घाटन खेलमा टस हारेर ब्याटिङ गरेको चीनले २३ ओभरमा सबै विकेट गुमाउँदै २८ रनमात्र बनायो। संगापुरले २९ रनको विजयी लक्ष्य ६.५ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो ।
सिंगापुरका लागि साई हर्ष बेनुगोपालले अविजित १५ रन र विनित चेतेस मेहताले ११ रन बनाए।बलिङतर्फ चीनका टियान सेन कुनले २ विकेट लिए।यसअघि, ब्याटिङ गर्नेक्रममा चीनका सात ब्याट्सम्यान शून्य रनमा आउट भए।वेई गुइलीले सर्वाधिक ७ रन बनाए।चीनलाई न्यून स्कोरमा समेट्नेक्रममा सिंगापुरका विनित चितेस मेहताले ७ विकेट लिए।
सात राष्ट्र सहभागी प्रतियोगिताको समूह ‘ए’मा नेपालसहित चीन र सिंगापुर छन् भने समूह ‘बी’मा आयोजक मलेसियासँगै, भुटान, हङकङ र थाइल्यान्ड छन्। प्रतियोगिताको विजेताले श्रीलंकामा आयोजना हुने यु–१९ एसिया कप खेल्नेछ।



लाेकपाटी न्यूज

