गोरखा, १६ असार । खुर्पा प्रहारबाट जेठाजुको हत्या गरेको भन्दै प्रहरीले गोरखाको शहीदलखन गाउँपालिका ७ की ५२ वर्षीया गोरीमाया रानालाई पक्राउ गरेको छ।
आफ्ना जेठाजु बुंकोट चारघरेका ८२ वर्षीय बलबहादुर रानालाई खुर्पा प्रहार गरी हत्या गरेको आरोपमा गोरीमायालाई प्रहरीले पक्राउ गरेको हो। खुर्पा प्रहारबाट घाइते भएका बलबहादुरलाई उपचारका लागि गोरखा जिल्ला अस्पताल ल्याइएको थियो।
उनको अस्पतालमै मृत्यु भएको हो। खुर्पा प्रहार गर्नुको कारण खुलेको छैन। खुर्पासहित पक्राउ परेकी गोरीमायालाई थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ।



लाेकपाटी न्यूज
