सिरहा, १६ असार । सिरहाको लाहानमा आज सोमबार भएको सडक दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। दुर्घटनामा १३ जना घाइते भएका छन्।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना १ ज ७४५४ नम्बरको म्याजिक भ्यानले पड्रिया चोकमा रोकेर यात्रु चढाउँदै गरेका बेला सोही दिशाबाट जाँदै गरेको ना ८ ख २४१५ नम्बरको ट्रकले पछाडिबाट ठक्कर दिन पुगेको थियो।ट्रकको ठक्करबाट म्याजिकमा सवार सिरहाको पुरानो चोहर्वा निवासी ४० वर्षीय गणपति महरा, सिरहाकै बरियारपट्टी गाउँपालिकाका ७० वर्षीया बचियादेवी राम र नाम ठेगाा नखुलेको एक महिलाको घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानका प्रहरी नायब निरीक्षक मनोज चौधरीले जानकारी दिए।
दुर्घटनामा अन्य १३ जना घाइते भएको र घाइतेहरुलाई उपचारको लागि लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पताल तथा नरसिंह होम र ६ जना गम्भीर घाइतेलाई धरान पठाएको प्रहरी नायब निरीक्षक चौधरीले जानकारी दिए।



लाेकपाटी न्यूज

