विप्लव समूह र प्रहरीबीच गाेली हानाहान भएको क्षेत्रमा थप सुरक्षाकर्मी परिचालन

नेपाली सेनाको हेलिकोप्टर, फाइल तस्वीर– नेशनल ज्योग्राफिकबाट
लाेकपाटी न्यूज

काठमाडौं, १६ असार । सङ्खुवासभामा सोमबार बिहान विप्लव समूह र प्रहरीबीच गाेली हानाहान भएकाे छ । दाेहाेराे दोहोरो भिडन्त भएसँगै उक्त स्थानमा केन्द्रबाट थप सुरक्षाकर्मी तैनाथ गरिएको छ ।

नेपाली सेनाको हेलिकप्टरमार्फत नेपाल प्रहरी र सशस्त्र प्रहरीको थप टोली परिचालन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । नेपाली सेनाको एमआई १७ हेलिकोप्टरले ३ खेप गरेर संखुवासभाको सिलिङचोङ गाउँपालिकामा ५० जना सुरक्षाकर्मी उतारेको जनाइएकाे छ ।

केन्द्रबाट नेपाल प्रहरीका १० र १५ गरी ३५ जनाको दुई छुट्टा–छुट्टै टोली र सशस्त्र प्रहरीको १५ जनाको टोली सिलिङचोङ–१ होयाङ्ग्ला पुगेको हाे ।

होयाङ्ग्लामा अहिले नेपाल प्रहरीबाट प्रहरी निरीक्षक शेखरजंग मल्लको कमाण्डमा २५ तथा अर्का प्रहरी सहायक निरीक्षकको नेतृत्वमा १० जनाको टोली खटिएको छ । यस्तै सशस्त्र प्रहरीबाट सशस्त्र प्रहरी निरीक्षक उमेष थापाको कमाण्डमा १५ जना सुरक्षाकर्मीको टोली होयाङ्ग्लामा पुगेको जनाइएकाे छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्