भक्तपुरमा टिपर आतङ्क : माेटरसाइकल चालकको मृत्यु

Accidents
लाेकपाटी न्यूज

भक्तपुर, १६ असार । मध्यपुर थिमि नगरपालिका– ४ राधेराधे चोकमा आज टिपरले मोटरसाइकललाई ठक्कर दिँदा चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक सोलुखुम्बु पञ्चन– ९ घर भएका २८ वर्षीय फ्रेमबहादुर राई रहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोरखेलले जानकारी दिइन् ।

काठमाडाैंबाट भक्तपुरतर्फ आउँदै गरेको बा ५ ख ५३४३ नं टिपरले सोही दिशातर्फ आउँदै गरेको प्रदेश ३–०२–००६ प ४९९४ नं को मोटरसाइकललाई ठक्कर दिँदा घाइते चालक राईको मध्यपुर अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको उनले जानकारी दिइन् ।

दुबै सवारी साधन महानगरीय प्रहरी वृत्त थिमिको नियन्त्रणमा राखेको र फरार टिफर चालकको खोजी भइरहेको जनाइएकाे छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्