हेटौंडा, १३ असार । पश्चिम मकवानपुरको राक्सिराङ गाउँपालिका ७ दाराङमा विशालु च्याउ खाँदा एक किशोरीको मृत्यु भएको छ। परिवारका अन्य तीनजना बेहोस भएका छन्।
तीनदिन अघि खाएको जंगली च्याउको कारण १३ वर्षकी बुञ्जीमाया चेपाङको मृत्यु भएको हो। च्याउ खादा उनको बुबा ४५ वर्षका दीपबहादुर, दाई १९ वर्षका बच्चालाल र भाइ ७ वर्षका बाल्टा बेहोस भएका प्रहरीले जनाएको छ।
उनीहरुलाई हेलिकप्टरबाट उद्धार गर्ने प्रयास भइरहेको प्रदेश ३ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले जनाएको छ।



लाेकपाटी न्यूज
