अर्घाखाँची, १२ असार । अर्घाखाँचीमा जिप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ। दुर्घटनामा परी मृत्यु हुनेमा सन्धिखर्क ९ का ७० वर्षीय बोम बहादुर खत्री रहेको प्रहरीले जनाएको छ।
अर्घाको नौलापानी बाट सन्धिखर्क आँउदै गरेको लु १ च ९४७७ नम्बरको डबल क्याप जीप सन्धिखर्क १० पोखेडाँडा खहरेखोलामा सडकबाट करिव १ सय ५० मिटर तल खसी दुर्घटना भएको हो। ३ जना यात्रु बोकेर गुडिरहेको जिप दुर्घटना हुँदा जिप चालक झबिन्द्र खत्री र अनिल जिसी गम्भिर घाईते भएका छन्।
घाईते मध्ये झबिन्द्र खत्रीको अवस्था चिन्ताजनक रहेको अस्पतालले जनाएको छ। घाइतेको थप उपचारका लागि बुटवल लगिएको प्रहरीले जनाएको छ।



लाेकपाटी न्यूज
