सर्लाही, ११ असार । सर्लाहीको दक्षिणी भेगमा पर्ने पर्सा गाउँपालिकामा गर्मीका कारण एक जनाको मृत्यु भएको छ।
जिल्लाको ब्रह्मपुरी गाउँपालिका २ ब्रह्मपुरी गाउँका २४ वर्षीय सदाम शाह फकिरको अत्यधिक गर्मीका कारण मृत्यु भएको प्रहरीले जनाएको छ।मङ्गलबार राती सदरमुकाम मलङ्गवाबाट साइकलमा ससुरालीतर्फ जाँदै गरेका साह जिल्लाको पर्सा गाउँपालिका ३ नारायणपुर गाउँमा बेहोस भइ ढलेका थिए।
साहलाई तत्कालै उपचारका लागि जिल्ला अस्पताल मलङ्गवा पुर्याए पनि चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ। सर्लाहीसहित तराई मधेसका जिल्लामा दिनानुदिन बढ्दो गर्मीले जनजीवन प्रभावित बनिरहेको छ।



लाेकपाटी न्यूज
