किन लगायो आईसीसीले कप्तान कोहलीमाथि जरिवाना ?

kohli pic
लाेकपाटी न्यूज

काठमाडौं, ८ असार । आईसीसीले भारतीय टिमका कप्तान विराट कोहलीमाथि अम्पायरसँग अनुचित व्यवहार गरेको भन्दै जरिवाना लगाएको छ।

शनिबार भएको अफगानिस्तानविरुद्धको खेलमा आवश्यकताभन्दा बढी अपिल गरेपछि कोहलीमाथि म्याच फिसको २५ प्रतिशत जरिवाना तोकिएको हो। अम्पायरसँग नराम्रो व्यवहार गरेपछि आईसीसीले कोहलीविरुद्ध यो कदम उठाएको हो।

आईसीसीले आइतबार एक बयान जारी गर्दै कोहलीले २९ औँ ओभरमा अम्पाएर अलीम डारको नजिक गएर आक्रामक र गलत तरिकाबाट एलबीडब्ल्यूको अपिल गरेको जनाएको छ।कोहलीले पनि आफ्नो गल्ती स्वीकारेका छन्। सन् २०१६ मा रिवाइज्ड कोड लागू भएपछि कोहलीको यो दोेस्रो गल्ती हो। अफगानिस्तानविरुद्धको खेलमा भारत ११ रनले विजयी भएको थियो।