बुटवल, ८ असार । रुपन्देहीको सैनामैनामा बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको घट्नास्थलमै मृत्यू भएको छ।
पूर्व पश्चिम राजमार्ग अन्र्तगत सैनामैना नगरपालिका वडा नं. ६ कलौनीमा आइतबार बिहान करिव १ बजेको समयमा महेन्द्रनगरबाट काठमान्डौं तर्फ जाँदै गरेको ना ७ ख ५९४८ नम्बरको बसले विपरित दिशातर्फ गैरहेको लु ८ प ८४७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा दुर्घटना भएको हो।
दुर्घटनामा मोटरसाइकल चालक र सवार एक जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरिक्षक रविनराज मैनालीले जानकारी दिए। प्रहरीका अनुसार मोटरसाइकललाई बसले ठक्कर दिएपछि मोटरसाइकलको ट्याङकीमा आगो लागेको थियो। जसबाट मोटरसाइकलमा सवार अन्दाजी २०\२५ वर्षका देखिने दुुई युवकहरु जलेका हुन्।
उनिहरुको अनुहार नै जलेका कारण पहिचान गर्न समेत समस्या परेको प्रहरीले जनाएको छ। मध्यरातको समय भएकाले पनि उनिहरुको तत्काल उद्धार हुन नसकेको स्थानियको भनाई रहेको छ।मृतक दुवै जनालाई पोष्टमार्टमका लागी बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको छ। ठक्कर दिने बससहित चालक सालझण्डी प्रहरीको नियन्त्रणमा रहेको छ।घटना सम्बन्धी थप अनुसन्धान अघि बढेको प्रहरीले जनाएको छ।



लाेकपाटी न्यूज

