लोकसेवा फाराम भर्ने २ लाख ३५ हजार पुगे, कति उठ्यो राजस्व ?

Loksewa Aayog
लाेकपाटी न्यूज

काठमाडौं, ७ असार । लोकसेवा आयोगले स्थानीय तहका लागि आह्वान गरेको विज्ञापनमा २ लाख ३५ हजारभन्दा बढीको आवेदन परेको छ।

आयोगका अनुसार शुक्रबार साँझ ५ बजेसम्म २ लाख ३४ हजार ८९२ जनाको आवेदन दर्ता भएको छ। जसअन्र्तगत खुलातर्फ २ लाख ३२ हजार ११३, जनजातितर्फ २५ हजार ५७४, मधेसीतर्फ १४ हजार ९८०, दलिततर्फ १ हजार ८२८, अपांगता भएकातर्फ ९६ र पिछडिएका वर्गतर्फ ७५ जनाको आवेदन दर्ता गराएको लोकसेवा आयोगले जनाएको छ।
आवेदनबापत साढे ५ करोड राजस्व संकलन भएको छ।

आयोगका अनुसार ५ करोड २० लाख ५६ हजार ७ सय रुपैयाँ राजस्व संकलन भइसकेको छ। प्राविधिक समस्याका कारण आवेदन दिन नपाएको गुनासोपछि आयोगले समयावधि आगामी १० असारसम्मका लागि थप गरेको छ।आवेदकले भने अझै समस्या रहेको बताउँदै आएका छन्। आवेदकहरूले अनलाइन आवेदनमा अझै समस्या उत्पन्न भएको गुनासो गरिरहेका छन्। राजधानी दैनिकमा खबर छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्