कोपा अमेरिका फुटबल : पाराग्वेसँग बराबरीमा रोकियो अर्जे्न्टिना

argentina copa usa pic
लाेकपाटी न्यूज

काठमाडौं, ५ असार । कोपा अमेरिका फुटबलमा अर्जे्न्टिनाले पाराग्वेसँग बराबरी खेलेको छ। बिहीबार बिहान भएको खेलमा अर्जे्न्टिनाले पाराग्वेसँग एक–एक गोलको बराबरी खेलेको हो।

अर्जे्न्टिना भन्दा उत्कृष्ट खेल खेलेको पाराग्वेले लगातार दबाब बनाएको थियो। ३७ औँ मिनेटमा गोल गर्दै पाराग्वले पहिलो हाफमा १-० को अग्रता बनाउन सफल भयो । पाराग्वेका लागि रिचर्ड राफेस सान्सेजले गोल गरेका थिए। १-० ले पछि परेको अर्जे्न्टिनाले ५४ मिनेटमा भीएआरका कारण पेनाल्टी पाएको थियो।

उक्त पेनाल्टीलाई लियोनल मेस्सीले गोलमा परिणत गर्दै अर्जे्न्टिनालाई खेलमा फर्काएका थिए। पाराग्वेका अल्बर्टो गोन्जालेजले पेनाल्टी मिस गरेपछि अग्रता बनाउन असफल भए। त्यसपछि थप गोल हुन नसकेपछि दुवै टिमले एक–एक अंक लिन सफल भए। पहिलो खेलमा कोलम्बियासँग पराजित भएको अर्जे्न्टिनालाई दोस्रो चरणमा प्रवेश गर्न कठिन बनेको छ।

तालिकामा १ अंक जोडेको अर्जे्न्टिना समूह बीको चौथो स्थानमा छ भने ६अंक जोडेको कोलम्बिया शीर्ष स्थानमा छ। अबको खेलमा कोलम्बिायलो पाराग्वेलाई पराजित गर्दा अर्जे्न्टिनाले कतारलाई हराए अर्जे्न्टिना दोस्रो चरणमा पुग्ने छ।  यसअघि भएको खेलमा कोलम्बियाले कतारलाई १-० ले पराजित गरेको थियो।