नयाँ लिल्ली, ३२ जेठ। भारतीय क्रिकेट टिमका पूर्वकप्तान सचिन तेन्दुलकरले अस्ट्रेलियन कम्पनी स्पार्टनविरुद्ध मुद्दा दायर गरेका छन्। कम्पनीले आफ्नो सामन प्रचारका लागि सचिनको नाम र तस्बिर प्रयोग गरेको भन्दै अस्ट्रेलियन कम्पनी स्पार्टनविरुद्ध मुद्दा दायर गरेका हुन्।
कम्पनीले आफ्नो सामन प्रचारका लागि सचिनको नाम र तस्बिर प्रयोग गरे पनि भुक्तानी नदिएको उनको भनाइ छ। सचिनले कम्पनीसँग २० लाख डलर (करिब २२ करोड रुपैयाँ) को रोयल्टी दाबी गरेका छन्।
२०१६ मा सचिन र स्पार्टनबीच एक सम्झौता भएको थियो । उक्त सम्झौतामा १० लाख डलर (करिब १२ करोड रुपैयाँ) दिने सम्झौता भएको थियो। यसबापत कम्पनीले सचिन ‘बाई स्पार्टन’ ट्यागको प्रयोग गर्न सक्ने सम्झौता भएको थियो।
कम्पनीको प्रचारका लागि सचिन एकपटक लन्डन र मुम्बईमा समेत गएका थिए। तर, कम्पनीले सेप्टेम्बर २०१८ सम्म कुनै भुक्तानी दिएन।



लाेकपाटी न्यूज

