सुर्खेत, ३१ जेठ । सुर्खेतमा भएका छुट्टाछुट्टै सडक दुर्घटनामा वडा सचिवसहित दुई जनाको मृत्यु भएको छ।वीरेन्द्रनगरको एरीचोकमा अटोले ठक्कर दिँदा नगरपालिका वडा नं. २ का सचिव नारायणदेव गिरीको मृत्यु भएको हो।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार मूलपानीबाट एरीचोकतर्फ गइरहेको भे १ ह ३८७४ नम्बरको अटोले भे ७ प १८३४ नम्बरको गिरीको मोटरसाइकललाई ठक्कर दिएको थियो। ठक्करले उनी गम्भीर घाइते भएका थिए।
प्रदेश अस्पताल कालागाउँ पुर्याएलगत्तै वडा सचिव गिरीको बिहीबार राती मृत्यु भएको थियो। प्रहरीले अटो चालक दीपकबहादुर साउदलाई नियन्त्रणमा लिएको छ। त्यसैगरी बाङ्गेसिमल–बड्डीचौर सडकखण्डको गिरिघाटमा भे १त ५२८८ नम्बरको ट्याक्टर शुक्रबार अनियन्त्रित भई सडक किनारामा पल्टिँदा सहचालक रामबहादुर नेपालीको मृत्यु भएको छ।



लाेकपाटी न्यूज
