नयाँ दिल्ली, २७ जेठ। वरिष्ठ अभिनेता तथा नाटककार गिरीश कर्नाडको निधन भएको छ। ८१ वर्षिय कर्नाडको सोमबार बिहान निधन भएको हो।
उनी लामो समयदेखि बिरामी थिए। उनी निधन हुँदा ब्याङलोरमा थिए। उनको निधनले बलिउड शोकमा डुबेको छ। १९ मे १९३८ मा जन्मिएका गिरीशलाई भारतमा गनिएका समकालीन लेखक, अभिनेता, फिल्म निर्देशक तथा नाटककारका रुपमा पनि जानिने गरिन्छ ।
गिरीशले सलमान खानको ‘एक था टाइगर’ र ‘टाइगर जिन्दा है’ मा काम गरेका थिए। दुवै फिल्ममा उनी सलमान खानका हाकिम थिए। उनलाई पद्म श्री र पद्म भूषण पदकबाट सम्मान गरिएको थियो। उनमा हिन्दीसंग कन्नड र अंग्रेजी भाषामा पनि राम्रो दख्खल थियो।
उनी एफटीआईआई पुणेमा डाइरेक्टर, संगीता नाटक एकेडेमी तथा नेशनल एकेडमी अफ पफर्मिङ आर्टसका प्रमुख पनि भएका थिए। उनको अपरान्ह ४ बजेपछि अन्तिम संस्कार गरिने बताइएको छ।



लाेकपाटी न्यूज

