काठमाडौं, २४ जेठ। टिकटकबाट भाइरल बनेकी कमेडी गर्ल अमिता गुरुङको पहिलो म्युजिक भिडियो सार्वजनिक भएको छ। चर्चित गायक सन्तोष लामा ‘मंसिर’ बोलको गीतमा उनले पहिलो पटक अभिनय गरेकी हुन्।
उक्त गीतको भिडियोमा अमितासँगै गायक सन्तोष लामा, नयाँ डान्स क्रु वाइजर इराको लोभलाग्दो नृत्य छ। एकतारेको शब्दरचना रहेको पप जनराको गीतमा सुशान्त गौतमको संगीत र शैलेन्द्रमान प्रधानको संगीत संयोजन छ। गायक सन्तोष लामाले निर्देशन गरेको म्युजिक भिडियोमा विकास गुरुङको कोरियोग्राफी, उत्तम हुमागाईंको छायाँकन र विकास धमालाको ध्वनी सम्पादन छ।
पछिल्लो समय युवा पुस्तामा टिकटक निकै लोकप्रिय हुँदै गएको छ। खासगरि स्कुल र कलेजमा अध्ययन गर्नै युवायुवती माझ त यो झन भाइरल जस्तै बनेको छ। टिकटकबाट नै आफ्नो पहिचान बनाएकी अमिता अहिले म्युजिक भिडियोमा देखिएकी हुन्। टिकटकका माध्यमबाट ठुलठुला कलाकारको नक्कल गरी सबैलाई चकित पारेकी अमिताका गायक लामा पनि निकै ठूला फ्यान हुन्।



लाेकपाटी न्यूज

