काठमाडौं, २४ जेठ। आपराधिक क्रियाकलापमा संलग्नलाई पक्राउ गर्न प्रहरीले गोली चलाएको छ। लुटपाटमा संलग्न ४० वर्षीय काका भनिने छिरिङ तामाङलाई पक्राउ गर्न बौद्धमा शुक्रबार प्रहरीले गाेली चलाएकाे हाे।
चोरी, लुटपाट तथा आपराधिक क्रियाकलापमा संलग्न ४० वर्षीय काका भनिने छिरिङ तामाङलाई पक्राउ गर्ने क्रममा गोली चलाएको महानगरीय प्रहरी वृत वौद्धका डिएसपी नरेन्द्र चन्दले जानकारी दिए। उनका अनुसार गोली लागेको घाइते तामाङलाई ट्रमा सेन्टर लगिएको छ। छिरिङसँगै योगेन तामाङ घिसिङलाई पनि प्रहरीले पक्राउ गरेको छ।
उनीहरुले समूह बनाएर डेढ महिना अघि वौद्धको सुन पसल चोरी गरेको प्रहरीले जनाएको छ। घटनाको विषयमा अनुसन्धान भइरहेको डिएसपी चन्दले जानकारी दिए।



लाेकपाटी न्यूज

