उपचार गराउन आएका बिरामीले नै गरे नर्सकाे हत्या

churi prahar-1
लाेकपाटी न्यूज

मध्य प्रदेश, २४ जेठ। मध्य प्रदेशमा उपचार गराउन आएका एक युवकले नर्सको ज्यान लिएका छन्। मध्य प्रदेशको इण्डोर उपचार गराउन आएका एक युवकले चक्कु प्रहार गरी नर्सको हत्या गरेका हुन्।

उनले आमालाई बचाउन आएका नर्सको छोरालाई पनि घाइते बनाएका छन्। उक्त घटना लगत्तै अरु मानिसहरुले युवालाई प्रहरीको जिम्मा लगाएका छन्। रफिक नामक युवक शुक्रबार उपचार गराउन भनि डा. रामकृष्ण वर्माको क्लीनिकमा आएका थिए। डाक्टर दिल्ली गएकाले क्लीनिकमा उनकी श्रीमती लता थिइन्, जो नर्सको काम गर्थिन र उनीसँगै उनका छोरा पनि थिए।

भारतीय प्रहरीका अनुसार रफिकले डाक्टर छैन भन्ने थाहा पाएर नै उनकी श्रीमतीमाथि हमला गरेका हुन्। हमलाको कारण भने खुलेको छैन। घटनाको छानबिन भइरहेको बताइएको छ।