काठमाडौं, २२ जेठ। बुधबार नेपाली बजारमा सुनको मूल्य आकासिएको छ। लगातार उकालो लागेको सुनको मूल्य आज पनि बढेको हो। आज सुन प्रतितोला ६२ हजार रुपैयाँ पुगेको छ।
अघिल्लो दिन ६१ हजार ७ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको सुन आज ३ सय रुपैयाँ बढेर ६२ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ।
अर्थमन्त्री युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेपछि सुनको मूल्य निरन्तर उकालो लागेको नेपाल सुुनचाँदी ब्यवसायी महासंघको तथ्यांकले देखाएको छ। बजेटपछि ६ दिनको अवधिमा सुन प्रतितोला २५ सय रुपैयाँले बृद्धि भएको छ।
चाँदीको मूल्यमा भने सामान्य घटबढमात्र देखिएको छ। बजेट यता ६ दिनमा चाँदी तोलामा १५ रुपैयाँ बढेको छ। हिजो प्रतितोला ७ सय १० रुपैैयाँमा कारोबार भएको चाँदी आज ७ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ।


लाेकपाटी न्यूज