एजेन्सी। बार्सिलोनाको नयाँ जर्सी सार्वननिक भएको छ। स्पेनिस ला लिगा च्याम्पियन बार्सिलोनाले आगामी सिजनका लागि नयाँ जर्सी सार्वजनिक गरेको हो।
सन् २०१९–२० को सिजनका लागि बार्सिलोनाले पुरानो डिजाइनलाई परिमार्जन गरेर नयाँ कलरमा ढालेको जर्सी बनाएको छ। क्लबका दुई स्टार खेलाडी लियोनल मेसी र जेरार्ड पिकेले नयाँ जर्सीलाई सार्वजनिक गरेका हुन्। बार्सिलोनाको यो नयाँ जर्सीको डिजाइन आर्किटेक्ट एन्टोनी गाउडीले गरेका हुन्। यो जर्सीमा बार्सिलोनाले परम्परागत नीलो कट्टु र मोजा लगाउनेछ।
क्लवले नयाँ जर्सीलाई मंगलबारदेखि बजारमा पनि बिक्रीका लागि उपलब्ध गराएको छ। यो जर्सीले काटालानको झण्डाको प्रतिनिधित्व गर्नुका साथै जर्सीको पछाडी झण्डा पनि राखिएको छ।



लाेकपाटी न्यूज

