ओली र प्रचण्डले गरे माधव नेपालसँग छलफल

oli-prachand- nepal
लाेकपाटी न्यूज

काठमाडौं, २१ जेठ। नेकपा सचिवालय बैठक अघि नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले माधव नेपालसँग छलफल गरेका छन्। यसअघि पटक-पटक ओली र प्रचण्डबीच यस विषयमा छलफल भइसकेको थियो।

माधव नेपालले पार्टीमा दोहोरो जिम्मेवारी दिन नहुने अडान राख्दै आएका छन्। तर, उनीसँग बिहान भएको छलफलमा के कुरा भयो भन्ने खुलेको छैन। यद्यपि ओली पक्षका नेताहरुले छलफल सकारात्मक भएकाले दिउँसो बैठक बोलाइएको बताएका छन्।

केन्द्रीय सदस्यहरुको कार्यविभाजन टुंगो लगाउने प्रयासमा सत्तारुढ नेकपाको सचिवालय बैठक बस्दै छ। प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार दिउँसो ३ बजे बैठक बस्न लागेको हो।

यसअघि जेठ १८ र २० गते बोलाइएका सचिवालय बैठक छलफल नटुंगिएको भन्दै स्थगित गरिएको थियो। नेकपाको ४४१ सदस्यीय केन्द्रीय कमिटीबाट १४७ सदस्यीय पोलिटब्युरो गठन र केन्द्रीय सदस्यहरुको कार्य बिभाजन गर्न बाँकी छ।